Urafstemning - mailtekst på nepalesisk

Teksten nedenfor er en oversættelse af den danske tekst, der er sendt til alle stemmeberettigede medlemmer ifm. OK24 urafstemningen.

प्रिय फोवा (FOA) को सदस्य 

 तपाईं फोवाको सदस्य हुनु भएकोले ०१/०४/२०२४ देखि ३१/०३/२०२६ सम्म लागु हुने अर्को पारस्परिक सामुहिक श्रम सम्झौता (तलव वृद्धि र अन्य...)को नतिजामा मतदान गर्न आग्रह गर्दछु र त्यसैको लागि अघिल्लो हप्ताको बिहीवार एक लिङ्क का साथ sms/email प्राप्त गर्नु भयो होला | 
 #FOA को सदस्यहरुले मात्र मतदान गर्न सक्नुहुनेछ 

 तपाइले मतदान गर्नुभएको अथवा के कुरामा मतदान(हो/होइन) गर्नुभयो भन्नेकुरा FOA वा तपाइको रोजगारदाता (employer) लाइ थाहा हुदैन र तपाइ FOA मा सदस्य हुनुहुन्छ या हुनुहुन्न भन्ने कुरा पनि तपाइको रोजगारदाता (employer) थाहा हुदैन | यसमा धेरै भन्दा धेरै सदस्यहरुले मतदान गर्न जरुरी (महत्वपूर्ण) छ | पारस्परिक सामुहिक श्रम सम्झौताको नतिजा हो (yes) वा होइन (no) भनेर तपाइ FOA को सदस्य भएको ले आफ्नो मत प्रयोग गर्न सक्नु हुनेछ |
FOA/KLS का अध्यक्ष ले तपाइलाइ हो (yes) मा मतदान गर्न सुझाव दिनुहुन्छ किनभने तपाइले हो (yes) मा मतदान गर्नाले अर्को दुइ (२) बर्समा तलवमा ठुलो वृद्धि पाउनुहुनेछ |
 यदि तपाईं हाल आधारभूत तलवस्तर १४ (Trin 14) ,१७ (Trin17) वा २० (Trin20) मा हप्ताको ३७ घण्टा मा (fulltime) कार्यरत हुनुहुन्छ भने प्रतीमहीना कर अघी दुइ बर्सको अवधि मा अन्दाजी १००० देखी २००० सम्म बृद्धि हुनेछ र पेन्सनमा पनी बृद्धि हुनेछ |
 यदि तलवमा अन्य पुरकहरु(tillaeg) छ्न भने त्यसमा पनी बृद्धि हुनेछ | 
 ४% को सामुहिक श्रम सम्झौता (तलव बृद्धि) २०२४ को १ अप्रील देखी लगु हुनेछ तर सम्भवत मे २०२४ देखी तलव बृद्धि भएर आउनेछ छ यदि FOA को सदस्यहरुले बहुमत हो (yes) भनेर मतदान गर्नु भयो भने | 
 हाम्रो FOA/KLA को अध्यक्ष Mimi ले तलव बृद्धि गर्नको लागी सिफारिस गर्नुभएको छ तर तपाइहरुले हो (yes) भनेर मतदान गर्न जरुरी छ तलव बृद्धि को लागी | धन्यवाद .........